सन्तोष गहतराज, आईतवार, २२ श्रावण, २०७९
पाल्पा-स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ रिब्दीकोट गाउपालिका वडा न ४ को परोपकारी युवा क्लब रानीठाटी पाल्पाले वडा स्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ । युवा क्लबले वडाका युवाहरूको व्यक्तितब एवम नेतृत्व शैलीको विकास गर्नका लागि प्रतिस्पर्धात्क वडा स्तरीय ५ हजार मिटर दौड प्रतियोगिता आयोजना गरेको हो । सामाजिक कार्यमा सकृय रहेको क्लबले वडा स्तरमा सामाजिक उत्तरदायित्वको भावना स्वरूप विभिन्न सामाजिक क्षेत्रमा अग्रसरताका साथ कार्य गरिरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्थानीय स्तरमा आयोजित कार्यक्रमले युवाहरूको नेतृत्व विकास टेवा पुर्याउने बताउनुभयो । गाउँपालिकाले राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी हुन चाहाने युवाहरूले प्रोत्साहित गर्नका लागि भत्ताको व्यवस्था गरि सहभागी गराउने अवसर प्रदान गर्ने बताउनुभयो । पालिकाका ८ वटै वडाका खेलाहरू अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी हुने परिस्थिति रहेको समयमा गाउँपालिकाले खेलाडीहरूको प्रोत्साहित गर्नका लागि उक्त कार्यक्रम राखेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले खेलकुदको लागि पालिकाले नीति तथा कार्यक्रम समावेश गरेको बताउदै आगामी दिनमा खेल र खेलाडीको विकास गाउँपालिकाले आत्मसाथ गरेर अगाडि बढ्ने बताउनुभयो ।
वडा स्तरीय दौड प्रतियोगिता गौतम बि क प्रथम भएका छन । जस्ले ५ हजार ५ सय ५५ रूपैयाँ,सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । द्वितीयमा सन्दिप के सि भएका छन । उनले ३ हजार ३ सय ३३,तृतीय नबिन सारु २ हजार २ सय २२,सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने सान्त्वना नबिन सिरिनेत भएमा छन । उनले १ हजार १ सउ ११ रूपैयाँ प्राप्त गरेका छन । दौडमा ४० जना सहभागी रहेका थिए । सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष राजेन्द्र नेपाल,निर्वर्तमान उपाध्यक्ष लक्ष्मी खनाल,नेपाली काङ्ग्रेस गाउँपालिका उपसभापति चन्द मणि पोखरेल, नकपा एमाले वडा कमिटि अध्यक्ष राजकुमार श्रेष्ठ अध्यक्ष,पुर्व वडा अध्यक्ष दुर्गा प्रसाद खनाल लगाएत स्थानीय वृद्विजिवि,जेष्ठ नागरिक ,क्लब कार्यसमिति सदस्य एवम स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रम कुल प्रसाद भण्डारीको सञ्चालन र क्लबका अध्यक्ष सुमन पोखरलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।