मंगलवार, १३ मंसिर, २०७९

रिब्दिकोट गाउपालिकाले अशक्त अपाङ्गहरूलाई घरमै पुगेर परिचय पत्र वितरण कार्यक्रम सुरू

भैरब खबर डटकम संवाददाता, शनिबार, ८ आश्विन, २०७९

रिब्दिकोट गाउपालिकाले अशक्त अपाङ्गहरूलाई घरमै पुगेर परिचय पत्र वितरण कार्यक्रम सुरू

पाल्पा– रिब्दिकोट गाउपालिकाले अशक्त व्यक्तिहरुको घरघरमै पुगेर अपाङ्ग परिचय पत्र वितरण गरेको छ । जो अस्पतालसम्म आउन सक्दैन, असक्त छ उनीहरुको घरमै गएर प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । रिब्दीकोट गाउँपालिकामा पालिका स्तरीय अपाङ्ग समितिले पूर्णता पाउना साथ जनता प्रति सम्वेदशिल भई फरक क्षेमताका अति अशक्त भएको व्यक्तिहरुलाई एक टिम नै बनाई घरदैलोमा नै गई सेवा दिन सुरु गरेको हो ।

अध्यक्ष उपाध्यक्ष प्रशासकीय अधिकृत, स्वास्थ साखा प्रमुख सहितको टोलीले २ दिने घरदैलो शिविर संचालन गरेको थियो । रिब्दीकोट गाउँपालिकामा असोज ६ र ७ गते अभियान स्वरुप १४ जना फरक क्षमता भएका नागरिकहरुलाई कार्ड वितरण समेत गरेको छ ।

हरेक महिनाको १५ गते भित्र वडा कार्यालयमा फरक क्षमता भएका व्यक्तिहरुले अनुसुचि १ बमोजिम सबै विवरण भरी सके पछि सो फाईल वडा कार्यालय ले गाउँपालिका पठाई सके पछि अपाङ्ग समितिको बैठक २२ गते भित्र बसी हरेक महिनाको अन्तिम सोमबार पालिका बाटै नै अपाङ्ग कार्ड वितरण गरिने गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिनु भयो ।

जनता बाट प्रतिनिधि चुनिए पछि जनतासंगको बाचा पूरा गर्दै जनताको घर दैलोमै सेवा दिन पाउँदा आत्म सन्तुष्टि भएको र आगामी दिनमा समेत जनताको सेवामा नै निरन्तर घरदैलोमा नै जाने उदेश्य स्थानीय सरकारको रहेको जानकारी गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले भन्नू भयो ।

घरदैलो अभियानमा प्रमुख प्रसासकिय अधिकृत, कार्यपालिका सदस्य, मेडिकल डाक्टर , स्वास्थ्य शाखा लगायत अपाङ्ग समितिका पदाधिकारी हरुको उपस्थिति रहेको कार्यपालिका सदस्य शुनिल बस्यालले बताउनुभयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif