मंगलवार, १० जेष्ठ, २०७९

रिब्दिकोट देउरालीका २ सय भन्दा धेरै जेष्ठ नागरिकलाई इलेक्ट्रिक जग हस्तान्तरण

सन्‍तोष गहतराज, आईतवार, ९ माघ, २०७८

रिब्दिकोट  देउरालीका २ सय भन्दा धेरै  जेष्ठ नागरिकलाई इलेक्ट्रिक जग हस्तान्तरण

पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकाले वडा न २ का जेष्ठ नागरिकहरूलाई जाडाेकाे समयमा मध्ये नजर गरि ताताे पानी तताउने( इलेक्ट्रिक जग )हस्तान्तरण  गरेको छ । गाउँपालिका देउरालीका झण्डै २ सय भन्दा धेरै  जना जेष्ठ नागरिक,राताे काड प्राप्त गरेको फरक क्षमता भएका नागरिकहरूलाई जाडाेकाे समयमा उपहार स्वरूप इलेक्ट्रिक जग हस्तान्तरण हाे । 

वडा अध्यक्ष रामचन्द्र नेपालका अनुसार आ.ब.०७८/०७९ बाट  जेष्ठ नागरिककाे लागि विनियोजित १ लाख एवम फरक क्षमता भएका व्यक्तिहरूकाे लागि विनियोजित ५० हजार गरि कुल १ लाख ५० हजार बजेटमा जाडाेकाे समयमा ताताे पानी,चिया पिउनकाे लागि सहज हाेस भनी इलेक्ट्रिक जग उपहार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले वडाले वडाबासी  जेष्ठ नागरिक एवम फरक क्षमता भएका नागरिकलाई लक्षित  गरि नाैलाे कार्यक्रम ल्याएकाेमा खुशी व्यक्त गर्नुभयो । स्वास्थ्य खानेपानी मानव शरिरका लागि नभइ नहुने अत्यावश्यक तरल पदार्थ रहेकोले मानव शरिरिककाे अत्यावश्यक तरल पदार्थको  शुद्धीकरणकाे लागि वडा बासी जेष्ठ नागरिकहरूलाई गाउँपालिकाले इलेक्ट्रिक जग प्रदान गरेकोले शुद्व खानेपानी उपभाेगमा टेवा पुग्ने बताउनुभयो । पानी सम्बन्धि राेगहरूबाट छुटकारा पाउने उत्तम विकल्प नै  पानी उमालेर पिउने रहेको हुदा इलेक्ट्रिक जग हस्तान्तरण कार्यक्रमले जेष्ठ नागरिक एवम फरक क्षमता भएका नागरिकहरूलाई विभिन्न राेगहरूबाट सुरक्षित रहन समेत कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेकाे तर्फबाट माेतीराज अधिकारी,नेपाली काङ्ग्रेस वडा न २ का सभापति ओम प्रकाश पाेखरेल,नेकपा माओबादी केन्द्रबाट मिना कुमारी रानाले जाडाेकाे समयमा जेष्ठ नागरिक,फरक क्षमता भएको व्यक्तिहरूकाे स्वास्थ्य इटा थप्ने काम गरेको बताउनुभयाे । 

कार्यक्रममा वडा सदस्यहरू,स्थानीय वृद्धिजिवीहरूकाे उपस्थिति रहेको थियाे । जाडाेकाे समयमा गाउँपालिकाले तातो पानी पिउनका लागि इलेक्ट्रिक जग प्रदान गरे पछि जेष्ठ नागरिक एवम फरक क्षमता भएका व्यक्तिहरू हर्षित भएका छन ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif