सन्तोष गहतराज, मंगलवार, १३ मंसिर, २०७९
पाल्पा- पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि निशुल्क स्वास्थ्य घुम्ती शिविर शुरू गरेको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडाका नागरिकहरुको स्वास्थ्य क्षेत्रको संवेदिनशिलतालाई ध्यानमा राखि गाउँ गाउँमा घुम्ती शिविरको माध्यबाट स्वास्थ्य सेवा दिन शुरू गरेको हो । पालिका भित्रका जेष्ठ नागरिक,वृद्ववृद्वा,दीर्घ रोगी नागरिकहरुको सुविधालाई मध्ये नजर गरि गाउँपालिकाले शिविर सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताउनु भयो । गाउँपालिकाले हाल सम्म वडा न १,२ र ३ मा शिविर सम्पन्न गरि सकेको छ । वडा न १ का १३६ जना,वडा न २ का १२० जना र वडा न ३ का १४१ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख रानाले जानकारी दिनुभयो । शिविरमा निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको र स्वास्थ्य सम्बन्धी समस्या देखा परेका बिरामीहरुलाई नि;शुल्क औषधी वितरण गरिएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष रुक्मागत भटराईले रैनादेबी छहरा गाउँपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशिलतालाई मध्ये नजर गरि नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाले पालिकाका ८ वटै वडाहरुमा घुम्ती शिविर सञ्चालन गर्ने बताउनभयो । गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
वडाबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहज भएको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयहरुले जनाएका छन् । भुगोलको हिसावले गाउँपालिकाबाट टाढा रहेका वडाका नागरिकलाई वडा र टोलस्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्न आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम अनुरुप कार्यान्वयन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश शारूले बताउनुभयो । स्थानीय सरकारको अनुभूति पालिका भित्रका नागरिकलाई दिन ,दिन रात नभनी नागरिककै लागि समय खर्चिने गरि गाउँपालिका अग्रसरता साथ अगाडि बढेको शारूले बताउनुभयो ।