बुधबार, २० मंसिर, २०८०

रैनादेबी छहराको भुवनपोखरीमा नागरिक आरोग्य सेवा क्लिनिक शुभारम्भ

सन्‍तोष गहतराज, आईतवार, ९ आश्विन, २०७९

रैनादेबी छहराको भुवनपोखरीमा नागरिक आरोग्य सेवा क्लिनिक शुभारम्भ

पाल्पा- जिल्लाको रैनादेबी छहरा गाउँपालिकाले आम नागरिकहरूमा सहज रूपमा आयुर्वेदिक सेवाको पहुँच पुर्‍याउने उधेश्यले वडा नं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा क्लिनिक (गाउँघर क्लिनिक)को सुरुवात गरेको छ। आयुवेर्दिक विधिबाट नागरिकहरूलाई स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्नका लागि गाउँपालिकाले गाँउघर क्लिनिक शुरूवात गरेको हो । आरोग्य सेवा क्लिनिकको एक औपचारिक कार्यक्रमका बिच गाउँ सरकारका प्रमुख   रुक्माङ्गत भट्टराईले उद्घाटन गर्नुभएको हो । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका  अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाको नीति तथा कार्यक्रममै गाउँपालिका बासीहरूको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको र सोही अनुरुप ३ नं वडामा क्लिनिकको सुरुवात गरिएको बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्ये नजर गरि नीति तथा कार्यक्रम निर्माण गरेको बताउदै आगामी दिनमा पालिकाले पालिकाका अन्य वडाहरूमा आरोग्य सेवा क्लिनिकको स्थापनालाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि रैनादेबी छहरा गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले गाउँपालिकाले भुवनपोखरीमा नागरिक आरोग्य सेवा क्लिनिक शुरूवात गरिएकोले आगामी दिनमा सेवा लिन  नागरिकहरू बाहिर जानू नपर्ने बताउनुभयो ।  स्वास्थ्य नै सबै भन्दा ठुलो धन रहेकोले नागरिकहरूको स्वास्थ्य उपचारमा ध्यान दिन स्वास्थ्यकर्मीहरूलाई आर्गह गर्नु भएको छ । 

कार्यक्रममा छहरा आयुर्वेद औषधालयका प्रमुख पङ्कज रायमाझीले हरेक महिनाको ७ र २२ गते यस क्लिनिकबाट सेवा तथा नि;शुल्क औषधि पनि प्रदान गरिने बताउनुभयो । कार्यक्रम वडा न  ३ का वडाध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रैनादेबी छहराको भुवनपोखरीमा नागरिक आरोग्य सेवा क्लिनिक शुभारम्भ

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg