सन्तोष गहतराज, बुधबार, १७ जेष्ठ, २०८०
पाल्पा- जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, पाल्पा जिल्ला शाखाको सहयोगमा "रक्तदान जीवनदान" शिर्षकमा माध्यमिक तह (११-१२ कक्षा) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी, पाल्पा जिल्ला शाखाकी सदस्य शारदा के.सि. रायमाझीको आतिथ्यतामा सञ्चालन भएको थियो । जोगवाणी मा.वि.का प्र.अ. कर्ण बहादुर कुमाल र महाकाली मा.वि.का शिक्षक विष्णु कोइरालाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतियोगितामा भैरव नवदीप मा.वि.की सीमा खत्री पौड्यालले प्रथम तथा वेदवेदाङ्ग संस्कृत तथा साधारण मा.वि.की विनिता बुढाथोकीले द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ । पालिका स्तरमा छनाट पश्चात् गाउँपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुनुहुनेछ ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सारुले रक्तदान जीवनदान । रक्तदान महादान’ गर्नु बराबरकाे पुण्यकाे कार्य रहेको बताए । जिल्लास्तर एवम पालिकास्तरमा आयाेजित यस्ता कार्यक्रमले विद्यार्थीहरूकाे व्यक्तित्व र एवम नेतृत्व विकास साथसाथै चेतनाकाे विकासमा समेत टेवा पुग्ने बताए ।