सन्तोष गहतराज, बिहीबार, ५ माघ, २०७९
रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १३औँ अधिवेशन तेस्रो बैठकका साथ सम्पन्न भएको छ । बैठकको समापनका क्रममा सभाध्यक्ष एवम रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाको कार्य प्रगति तथा सम्पादित मुख्य कार्यहरूबारे सभा सदस्यहरूलाई जानकारी गराउनुभएको थियो ।
सभाले सम्पूर्ण गाउँपालिका बासीहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सम्बन्धमा सङ्कल्प प्रस्ताव पारित गरेको छ । यस १३औँ अधिवेशनबाट वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानेपानी तथा सरसफाइ र स्वचछता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएकाे छ । साथै विषयगत समितिहरूका प्रतिवेदन तथा समसामयिक विषयहरूमा छलफल भएको थियाे । सभामा गाउँपालिका उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकिय अधिकृत दिनेश शारू,प्रवक्ता देवेन्द्र पुन,वडाका वडा अध्यक्षहरू,कार्यपालिका सदस्य,कर्मचारीहरूकाे उपस्थिति रहेको थियाे ।