सन्तोष गहतराज, सोमबार, १३ चैत्र, २०७९
पाल्पा- पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपलिका वडा न १ सिद्वेश्वर स्थित असारे गाउँमा खानेपानीको समस्या चुलिँदै गएको थियो । सङ्घीयतापछि आधारभूत आवश्यकता खानेपानीको पहुँचमा नपुगेको असारे गाउँमा लिफ्टिङ्ग खानेपानी योजना मार्फत वर्षौँपछि शुद्ध खानेपानीको धारा घर घरमा पुगेको छ ।
गाउँपालिकाको वडा न १ को तल्लो असारेका बासिन्दाहरूलाई लक्षित गरी निर्माण गरिएको असारे लिफ्ट खानेपानी आयोजना सम्पन्न भए पश्चात एक कार्यक्रमका बीच प्रमुख अतिथि लुम्बिनी प्रदेश पुर्व उर्जा जलस्रोत तथा सिचाइ मन्त्री एवम वर्तमान प्रदेश सभाका सदस्य वीर बहादुर रानाले उद्घाटन गर्नुभएको छ । सङ्घीयतापछि आधारभूत आवश्यकता खानेपानीको पहुँचमा नपुगेको असारे गाउँमा लिफ्टिङ्ग खानेपानी योजना मार्फत वर्षौँपछि शुद्ध खानेपानीको धारा घर घरमा पुगेको खुशी व्यक्त गर्नुभयो ।
संघीय,लोकतान्त्रिक,गणतन्त्रात्मक राज्य व्यवस्थामा हरेक नागरिकका आधारभुत आवश्यकता गास,वास कपास,शिक्षा,स्वास्थ्य,खानेपानी लगाएतका पुर्वाधारहरूको सरल सहज रूपमा अनुभुती गर्नुनै यस्को मर्म रहेकोले तल्लो असारे गाउँका नागरिकहरूले जुन एक घर एक धारा अभियान पुगेको छ । यस्का नागरिकहरूलाई सहजता ल्याएको बताउनुभयो । आज विकास गाउँ तर्फ फर्किएको छ । गाउँ गाउँमा सडक,स्वास्थ्यका सेवाहरू ,विद्यालय,खानेपानीका पुर्वाधारहरू निर्माण भएका छन तर नागरिकहरू गाउँघर छोडेर शहर तर्फबाट बसाइँसराइ गरि जाने क्रम बढेको बताउदै यस्को समाधानको लागि अब सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले पानी मानिसको जीवनसँग सम्बन्धित रहेको खानेपानी आयोजना सम्पन्न भएकाले असारे गाउँका स्थानीयवासीलाई लाभान्वित बनाउन सफल भएको बताउनुभयो । खानेपानी योजना खानेपानी डिभिजन कार्यालय पाल्पाको लगानीमा सम्पन्न गरिएको बताउनुभयो । कार्यक्रमका विशिष्ट आतिथ्यता उपाध्यक्ष युवराज थापा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख अनोज उपाध्याय, १ नं वडा अध्यक्ष सोम बहादुर दर्लामी, स्वास्थ्य शाखा प्रमुख जीवन रानाको आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा डिभिजन प्रमुख अनोज उपाध्यायले आयोजनाको लागत तथा अन्य विवरणको बारेमा बताउनु भएको थियो । आयोजनाको टंकी निर्माणको लागि जग्गा उपलब्ध गराउनुहुने महानुभावहरूलाई प्रमुख अतिथिले सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा रोशन बुढाले स्वागत मन्तब्य तथा कार्यक्रमका अध्यक्ष इन्द्रा बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।