बिहीबार, १३ आश्विन, २०७९

advertisement_1659249309.gif

रैनादेवी छहराका जनप्रतिनिधिलाई विपद व्यवस्थापन तथा योजना निर्माण सम्बन्धि तालिम प्रदान

सन्‍तोष गहतराज, मंगलवार, २४ श्रावण, २०७९

रैनादेवी छहराका जनप्रतिनिधिलाई विपद व्यवस्थापन तथा योजना निर्माण सम्बन्धि तालिम प्रदान

रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय सहायता नियोग लुथरन वर्ल्ड फेडेरेसन र प्राक्टिकल एक्सन् कन्सल्टेन्टले दुई दिने विपद् जोखिम न्यूनीकरण सम्बन्धी तालिम दिएको हो ।

तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, विपद आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको रैनादेवी छहराका प्रबक्ता देवेन्द्र पुनले जानकारी दिनु भयो । वडा नम्बर १ देखि ८ वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,सुरक्षाकर्मी ,समाजसेवी अभियन्तालगाइतका सहभागितामा यो तालीम प्रदान गरिएको हो । दुई दिने तालिममा पंकज अधिकारी र बिनोद भुषाले सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif