सन्तोष गहतराज, बुधबार, १७ जेष्ठ, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको भन्दै मगर भाषा प्रशिक्षणको आयोजना गरिएको छ ।नेपाल मगर संघ रैनादेवी छहराको आयोजना तथा लुम्बीनी प्रदेशको सहयोगमा गाउँपालिका स्तरीय भाष प्रशिक्षण सुरु भएको छ । भाषा प्रशिक्षणको गाउँपालिका उपाध्यक्ष युवराज थापाले एक कार्यक्रमका विच उद्घाटन गर्नु भयो ।मगर भाषा प्रशिक्षणको उद्घाटन गदै उपाध्यक्ष थापाले पुर्खाहरुले भाषा बोलेपनि पछि एकात्मक राज्य सत्ताका कारण भाषा हराउँदै गरेको उल्लेख गदै मगर समुदायकै बेवास्ता र भाषा बारे ज्ञान नहुँदा लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।भाषा, लिपि, कलाकौशल, संस्कृति, रहनसहन, रीतिरिवाज, धर्म, जातिजस्ता मानवीय विकासका पक्षहरुमा स्थानीय सरकार गम्भीर भएर लागेको र मगर भाषाको संरक्षणमा स्थानीय पाठ्यक्रम नै लागु गरेर अगाढी बढ्नु पर्ने जनाउदै भाषा, संस्कृति र आफ्नो मौलिकता बचाउन पछिल्ला पुस्ताहरुमा हस्तान्तरणको आवश्यकता रहेको समेत बताउनुभयो ।
कार्यक्रममा रैनादेवी छहराका प्रमुख प्रशासकिय अधिकृत दिनेश शारुले मगर भाषा तथा मगर संस्कार र संस्कृति संरक्षण एवम् सम्बर्द्धनमा टेवा पुर्याउने उद्देश्यले भाषा तालिम सञ्चालन गरिएको बताउदै लोपोन्मुख भाषा र संस्कृति जोगाउनु राज्य संगै समुदायको पनि दायीत्व हुने बताउनुभयो । तालिममा प्रशिक्षकको रुपमा उपस्थीत हुनुभएका हुमा सुर्य बंशी र नरेन्द्र सिंजालीले आफ्नो भाषा, संस्कृति जोगाउन मगरहरूलाई जागरुक हुन आग्रह गर्दै भाषा, संस्कृतिको संरक्षण तथा लोपोन्मुख भाषा र संस्कृति जोगाउनु राज्यको पनि दायित्व भएको बताउदै मगरले मगर भाषा सिक्नका लागि एक हप्ते समय पर्याप्त नभएपनि सिकेका कुरालाई निरन्तर अभ्यास एवं बोलीचाली र व्यवहारमार्फत् भाषा सिकाइको विकास गर्न सकिने भनाइ राख्नुभयो ।
कार्यक्रममा स्थानीय तहाका जनप्रतिनिधि मगर संघका वडा अध्यक्षहरु,जिल्ला र प्रदेशका प्रतिनिधिहरु लगाएतको उपस्थीत रहेको थियो। मगर भाषा संरक्षण प्रशिक्षण कार्यक्रममा गाउँपालिका भित्रका ८८ जना महिला तथा पुरुसको सहभागीता रहने आयोजकले जनाएको छ । तालिम यही जेष्ठ १४ गते देखी २० गते सम्म चल्ने छ ।मगर संघ रैनादेवी छहराका अध्यक्ष कर्ण बहादुर दर्लामीको अध्यक्षता तथा सचिव मथुरा रास्कोटीको सन्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।