भैरब खबर डटकम संवाददाता, सोमबार, ९ जेष्ठ, २०७९
पाल्पा –तानसेन– बुटवल सडक खण्ड सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो १ बजे सुख्खा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध हो । पहिरोका कारण सवारीसाधन सडकमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको जेसीबीले पहिरो पन्छाउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो ।