बिहीबार, १३ आश्विन, २०७९

advertisement_1659249309.gif

सामाजिक अभियान्ता पन्थीले सुर्य ज्योती प्रा.विका विद्यार्थीलाई झोला वितरण

सन्‍तोष गहतराज, आईतवार, २२ श्रावण, २०७९

सामाजिक अभियान्ता पन्थीले सुर्य ज्योती प्रा.विका विद्यार्थीलाई झोला वितरण

पाल्पा जिल्लाको सामाजिक कार्यमा सकृय रहनु भएकि सामाजिक अभियान्ता मिना पन्थीले तानसेन नगरपालिका वडा न ११ भालुबन स्थित सुर्य ज्योती प्राविका २० जना बालबालिकालाई झोला वितरण गर्नु भएको छ । सामाजिक कार्यको माध्यमबाट समाज रूपान्तरणका लागि अग्रसर रहनुभएकी पन्थीले विद्यार्थीहरूलाई झोला वितरण गर्नु भएको हो । तानसेन नगरपालिका हुदाहुदै पनि भौगोलिक हिसाबले पछाडि परेको स्कुलका विद्यार्थीहरूको शैक्षिक ज्ञान वृद्धि गर्ने हेतुका साथ सामाजिक उत्तरदायित्वको भावना स्वरूप झोला वितरण गर्नु भएको हो । 

नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष समेत रहनुभएकी पन्थी नेपाल शिक्षक संघकी पुर्व केन्द्रीय सदस्य समेत रहनु भएको छ । सामाजिक अभियान्ता पन्थीले जिल्लाको कम अवसर पाएका व्यक्ति,समूह,शैक्षिक सस्थाहरूमा पुगी सामाजिक कार्य विगत लामो समय देखि निरन्तर रूपमा अगाडि बढाउनु भएको छ । झोला वितरण गर्दै सामाजिक अभियान्ता पन्थीले देशमा राजनीति परिवर्तन ,शैक्षिक परिवर्तन भएर मात्र नहुने बताउदै त्यस्का लागि  मानिसमा चेतनाको विकास हुनुपर्ने बताउनु भयो । मानिसमा चेतनाको विकास गर्ने एक मात्र विकल्प शिक्षा रहेकोले शैक्षिक ज्ञान अपरिहार्य हुने बताउनुभयो । सोही अनुरूपमा निरन्तर रूपमा सामाजिक कार्यलाई अगाडि बढाएको बताउनुभयो । समाज कम अवसर पाएका व्यक्ति एवम समुदायमा पुगी निस्वार्थ रूपमा  व्यक्तिगत सहयोग गरेको अभियान्ता पन्थीले बताउनुभयो । आगामी दिनमा निरन्तरताका साथ सामाजिक कार्यलाई अग्रसरताका साथ अगाडि बढाउने अभियान्ता पन्थीको भनाइ छ ।    


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवलाल कुवरले सामाजिक भावना स्वरूप विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरि शैक्षिक ज्ञान वृद्धिमा टेवा पुर्याउनु भएकोमा अभियान्ता पन्थीलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य सुर्य वाकाबलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक विद्यार्थी एवम अभिभावकहरूको उपस्थिति रहेको थियो ।

सामाजिक अभियान्ता पन्थीले सुर्य ज्योती प्रा.विका विद्यार्थीलाई झोला वितरण

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif