बिहीबार, १३ आश्विन, २०७९

advertisement_1659249309.gif

सामाजिक अभियानलाई निरन्तरता दिदै पन्थी,बाल ज्योती प्राविका विद्यार्थीलाई झोला वितरण

सन्‍तोष गहतराज, सोमबार, २३ श्रावण, २०७९

सामाजिक अभियानलाई निरन्तरता दिदै पन्थी,बाल ज्योती प्राविका विद्यार्थीलाई झोला वितरण

पाल्पा-जिल्लाको सामाजिक कार्यमा सकृय रहनुभएकी मिना पन्थीले तानसेन नगरपालिका वडा न ७ स्थित बाल ज्योती प्राथमिक विद्यालयका ३८ जना विद्यार्थीहरूलाई झोला वितरण गर्नु भएको छ । 

विद्यार्थीको सख्या कम हुदा झण्डै मर्च हुने अवस्थामा पुगेको उक्त विद्यालयमा हाल विद्यार्थीहरूको सङ्ख्या वृद्धि भएको छ । सोमबार विद्यालयका विद्यार्थीहरूको शैक्षिक ज्ञान आर्जनमा वृद्धि होस भनी अभियान्ता पन्थीले शैक्षिक सामाग्री स्वरूप झोला वितरण गर्नु भएको हो । नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष समेत रहनुभएकी पन्थी नेपाल शिक्षक संघकी पुर्व केन्द्रीय सदस्य समेत रहनु भएको छ । विद्यालयमा अध्यापन गराउदा देखि नै आर्थिक अवस्था कमजोर भएका छोरीहरू शैक्षिक ज्ञान हासिल गर्नबाट बन्चित नहुन भनी अभिभावकत्व ग्रहण गरि अध्यापन गराउदै आउनु भएकि पन्थीले हाल सम्म २५ जना छोरीहरूलाई कक्षा १२ सम्मको अध्ययन गराइ सक्नु भएको छ । 

पन्थी जिल्लाको कम अवसर पाएका व्यक्ति,समूह,शैक्षिक सस्थाहरूमा पुगी सामाजिक कार्य विगत लामो समय देखि निरन्तर रूपमा अगाडि बढाउनु भएको छ । सोही अनुरूप तानसेन नगरपालिका वडा न ७ को बाल ज्योती प्राविका ३८ जना बालबालिकालाई निस्वार्थ व्यक्तिगत खर्चमा झोला वितरण गर्नु भएको हो । झोला वितरण गर्दै पन्थीले जिल्लाका कम अवसर पाएका व्यक्ति,समूह र शैक्षिक सस्थाहरूमा पुगी निस्वार्थ रूपमा सामाजिक कार्य गर्दै आएको बताउनुभयो । विद्यार्थीको दोस्त्रो पाठशाला विद्यालय रहेको बताउने पन्थीले जुन  पाठशालाबाट ज्ञान आर्जन गर्नबाट विद्यार्थी बन्चित हुन्छन त्यसबाट समाज रूपान्तरण नहुने हुदा शैक्षिक क्षेत्रमा विद्यार्थीहरूलाई उत्साहित गराउन अभियानलाई निरन्तरता दिएको बताउनुभयो । सामाजिक अभियान्ता पन्थीले पाल्पा जिल्लामा कम अवसर पाएका,आर्थिक अवस्था कमजोर भएका व्यक्ति,समाज र संघ सस्थामा पुगी व्यक्तिगत रूपमा निरन्तर सामाजिक उत्तरदायित्वको भावना स्वरूप सामाजिक कार्यलाई अगाडि बढाएको बताउनुभयो । 

 

कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति हिमाल दत्त श्रेष्ठले अभियान्ता पन्थीले सामाजिक उत्तरदायित्व भावना स्वरूप सामाजिक कार्यमा देखाएको अग्रसरताले सबैलाई सामाजिक कार्यमा लाग्न उप्रेरणा मिलेको बताउनुभयो । समाज कम अवसर पाएक व्यक्ति,समुह तथा संघ सस्था समक्ष पुगी जुन तरिकाले निस्वार्थ सेवा प्रदान गर्नु भएको छ । उक्त अभियानलाई निरन्तरता दिन अभियान्ता पन्थीले अनुरोध गर्दै त्यस्का लागि सक्दो सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारी,नेपाली काङ्ग्रेसका महासमिति सदस्य विधान श्रेष्ठ,शान्ति झेडी,क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी,वडा न ७ का वडा अध्यक्ष प्रदिप खनाल,विद्यालयका प्रअ बिष्णु बहादुर थापा लगाएत वडाका वडा सदस्य,विद्यार्थी,अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गम्भीर जङ्ग रायमाझीको अध्यक्षता सम्पन्न भएको थियो ।

सामाजिक अभियानलाई निरन्तरता दिदै पन्थी,बाल ज्योती प्राविका विद्यार्थीलाई झोला वितरण

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif