सन्ताेष गहतराज, सोमबार, ६ मंसिर, २०७८
पाल्पा-जिल्लाको तानसेन नगरपालिका वडा न ७ काजीपौवाका स्थित सिर्जनशिल अपांग स्वाबलम्वन केन्द्र र रक्त अल्पता सुन्दर दर्लामीलाई सहयोग हस्तान्तरण गरेको छ । सस्थाले बागलुङबाट पाल्पामा आई मानविय सेवालाई नै धर्म हो भन्ने उधेश्यका साथ सिर्जनशील अपांग स्वावलम्बन केन्द्रलाई न्यानो कपडा,खाधान्न सहयोग एवम रक्तअल्पता पिडित सुमन दर्लामीलाई आर्थिक सहयोग गरेको हो ।
पछिल्लो समयमा टिकटकलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । तर सहि सदुपयोग उपयोग गरेमा टिकटकबाट धेरै राम्रो उपलब्ध प्राप्त गर्न सफल भइन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ ,नेपाली हट ग्रुपले,सामाजिक सञ्जाल टिकटकको माध्यमबाट रकम संकलन गरि हट ग्रुपले खाधान्न एवम आर्थिक सहयोग प्रदान गरेको हो ।
सस्थाका अध्यक्ष डिल्लीराज पराजुलीले सस्थाले नेपाल विभिन्न जिल्लाहरूमा सहयोग हातहरूलाई लिएर पुगेको बताउनुभयो । सामाजिक सञ्जाल टिकटकबाट शुरू भएको ग्रुपले सामुहिक रूपमा समूह गठन गरि हाल सम्म
२३ औ कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । सस्थाले समाजमा कम अवसर पाएका एवम आर्थिक अवस्था कमजोर भएका व्यक्ति एवम सस्थामा पुगी समाजहितको लागि कार्य गरेको बताउदै तानसेन स्थित काजी पौवाका सिर्जनशिल अपांग स्वालवम्बन समुहका अपांग बच्चाहरूको दैनिक जीवन यापन गर्न सहज होस र जाडोको समयमा न्यानो कपडा वितरण गरेको बताउनुभयो । सस्थाले रक्तअल्पता पिडित सुमन दर्लामी बचाउ अभियान अन्तर्गत १ लाख रकम संकलन गरि हस्तान्तरण गरिएको बताउनुभयो । कार्यक्रम तानसेन वडा न ७ कि वडा सदस्य गंगा रोका क्षेत्री सहयोगी भावना साथ सामाजिक कार्यलाई अगाडि बढाउदै सहयोग प्रदान धन्यवाद दिनुभयो । कार्यक्रम सस्थाका अध्यक्ष सन्दिप भट्टराईले सस्थाले हाल ६४ जना अपांग भएका व्यक्तिहरूलाई सहयोग प्रदान गर्दै आएको बताउनुभयो । सस्थाले सहयोग हातहरूबाट प्राप्त सहयोगबाट सस्था सञ्चालन गरेको बताउदै आगामी दिनमा सहयोग हातहरूलाई सहयोग गर्न आर्गह गर्नुभयो । सस्थाले फरक क्षमता भएका नागरिकहरूलाई आयआर्जनका कार्यहरूमा जोडेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार धातनन्नद शर्मा,नेपाली हट ग्रुपका काठमाडौ इन्चार्ज गोविन्द थापा,पत्रकार सन्तोष गहतराज लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार तेजेन्द्र बि एमको सञ्चालनमा सम्पन्न भएको थियो ।