मंगलवार, १४ चैत्र, २०७९

स्तरोन्नति पछि"सन्तोष चलचित्र मन्दिर पुन सञ्चालन हुँदै, आज रिलिज हुने ‘पठान’ तानसेनमै हेर्न पाउने"

भैरब खबर डटकम संवाददाता, मंगलवार, १० माघ, २०७९

स्तरोन्नति पछि"सन्तोष चलचित्र मन्दिर पुन सञ्चालन हुँदै, आज रिलिज हुने ‘पठान’ तानसेनमै हेर्न पाउने"

पाल्पा-पाल्पा जिल्लाकाे सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ तीन वर्षपछि आज देखि पुनः संचालनमा आउदै छ ।

कोरोना महामारी सुरु भएसँगै २०७६ चैत महिना देखि बन्द रहेको हल स्तरोन्नति भएर सञ्चालनमा आउन लागेको हो ।

आजदेखि रिलिज हुने शाहरुख खान अभिनित बलिउड चलचित्र ‘पठान’ प्रदर्शनसँगै हलले पुनः प्रदर्शन आरम्भ गर्ने गरिने संचालक सर्जुमान लिगलले जानकारी दिनुभयाे । वि.स. २०२४ सालमा सर्जुमानका बुवा समाजसेवी स्वर्गीय भूयूमान लिगलले लाइसेन्स लिएर सिल्खानटोलमा रहेको मोहनकन्या स्कूलमा चलचित्र देखाउन शुरूवात गरेका थिए । 
  जिल्लाकाे एक मात्र चलचित्र मन्दिर बन्द हुदा दर्शकहरूबाट पटकपटक गुनासाे आइरहेकाे थियाे ।  
 हलका सञ्चालक सर्जुमान लिगलले स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिनुभयाे । ‘पहिलेकै अवस्थामा चल्ने देखिएन । हलमा दर्शक तान्न केही आरामदायी र सुविधायुक्त चाहिने भयो । त्यसैले केही लगानी गरेर स्तरोन्नति गरेका छाै । ‘ हलका सिटहरू परिवर्तन गर्ने, साउण्ड सिस्टम स्तरीय बनाउने, स्क्रिन परिवर्तन गर्ने लगायत हललाई अलिकति ‘मेटेनेन्स’ गरेर नयाँ ढंगले सञ्चालनमा ल्याइएकाे  बताउनुभयाे ।
 विगत ३० को दशकदेखि विशालबजारमा ‘सन्तोष चलचित्र मन्दिर’ सञ्चालनमा आएको हो । हल सञ्चालन पश्चात् सुनसान बन्दै गएको जिल्लालाई गुल्जार बनाउन थप टेवा पुर्याउने अपेक्षा रहेको संचालन लिगलले बताउनुभयाे । चलचित्र ‘पठान’ प्रदर्शन  बुधबारदेखि ११ः १५ बजे, २ बजे र ५ बजे हलमा प्रदर्शन हुदैछ ।  

स्तरोन्नति पछि"सन्तोष चलचित्र मन्दिर पुन सञ्चालन हुँदै, आज रिलिज हुने ‘पठान’ तानसेनमै हेर्न पाउने"

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif