मंगलवार, १३ मंसिर, २०७९

तानसेन नगरपालिका,हेफर इन्टरनेशनल र रेडाको संयुक्त दस्तावेजीकरण पुस्तक"कर्म"विमोचन

सन्‍तोष गहतराज, बुधबार, १२ आश्विन, २०७९

तानसेन नगरपालिका,हेफर इन्टरनेशनल र रेडाको संयुक्त दस्तावेजीकरण पुस्तक"कर्म"विमोचन

पाल्पा-जिल्लाका कृयाशिल पत्रकारहरूद्वारा लिखित पुस्तक सफलताका  कथाको सँगालो "कर्म "एक औपचारिक कार्यक्रमका बिच विमोचन भएको छ । तानसेन नगरपालिका,हेफर प्रोजेक्ट नेपालको साझेदारी र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको सहजीकरण सञ्चालित कृषि तथा पशु उधमशिलता कार्यक्रमबाट सफलता प्राप्त गरेका कृषकहरूको कथा सङ्ग्रह कर्म तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ,उप प्रमुख प्रतिक्षा गाहा सिङ्जाली,निवर्तमान मेयर अशोक कुमार शाही,निवर्तमान उप प्रमुख लक्ष्मी देबी पाठक,ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्की,पत्रकार महासंघका अध्यक्ष रेखीराम राना,हेफर प्रोजेक्टका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले संयुक्त रूपमा बिमोचन गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले तानसेनको ग्रामीण क्षेत्रका नागरिकहरूलाई उत्पादनमूलक कार्यमा जोडी आयआर्जन पेशामा लाग्न तानसेन नगर सरकारले लगानी गरेको बताउनुभयो । तानसेन नगरको ७५ प्रतिशत भुभाग ग्रामीण भेगमा पर्छ भने २५ प्रतिशत भुभाग सहरी क्षेत्रमा पर्दछ । नगर सरकारले ग्रामीण क्षेत्रको विकास नगर्दा समेत तानसेन विकास नहुने हुदा ग्रामीण क्षेत्रको विकासलाई अगाडि बढाउन आवश्यक महसुस गरेको छ । अब ग्रामीण भेगमा कृषि र पशुपालन,युवा स्वरोजगार,तरकारी संकलन केन्द्र,दूध संकलन केन्द्र,मासुको व्यवस्थित बजारीकरण गर्ने र तानसेन होलाङ्दी,प्रभासमा निर्माण भएको कृषि उपजको थोक बजार मार्फत बिक्री वितरण गर्ने गरि नगर सरकार अगाडि बढ्ने बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले कार्यक्रमले आर्थिक विपन्न तथा कृषकहरूलाई प्रोत्साहित गरेको बताउनुभयो  । कृषि र पशु उधमशिलताका लागि बजेट छुट्याइएको छ तर भने जस्ता अझै परिमाण आएको छैन,आगामी दिनमा तानसेन नगरले नगरका १४ वटै वडाको  कृषि क्षेत्रलाई आधुनिकरण गर्न जोड दिने,बजारीकरण गर्ने एवम उत्पादनमा जोड्नका लागि छुट्टै योजनाका साथ अगाडि बढ्ने  बताउनुभयो । कृषि क्षेत्रमा अधिकाश  महिला र वृद्धा नागरिक समावेश हुनुहुन्छ ,तानसेन नगर सरकारले  आधुनिकिकरण कृषि कर्मलाई जोड दिदै युवा शक्तिहरूलाई स्वदेशमा रोजगार बनाई आयआर्जनमा जोड्न नगर सरकारले पहल गर्ने उप प्रमुख सिङ्जालीले बताउनुभयो । 

तानसेन नगरपालिका पुर्व नगर प्रमुख अशोक कुमार शाहीले यो कार्यक्रममा २१ सय ४१ परिवार लाभान्वित भएका बताउनुभयो । नगरको आर्थिक समृद्ध,रोजगारको मुख्य एजेन्डा हो । युवाहरूलाई स्वरोजगार बनाउन हेफर,युएन डिपि,प्रदेश र रेडासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । यस कार्यक्रमबाट तानसेनका १ हजार युवाहरू जोडिएका छन । उत्पादित सामाग्रीलाई बजारीकरण गर्ने,उत्पादन देखि बजार सम्म पुर्याउने,कृषि एम्बुलेन्स सञ्चालन,तानसेन वडाहरूमा सस्तो पसल,स्वास्थ्य बिमा अगाडि बढाएको बताउनुभयो ।मानव स्वास्थ्य,पशु स्वास्थ्यका बारेमा परिक्षणको लागि कार्यक्रम अगाडि  बढाउएको बताउनुभयो । कृषि कृषि कर्म,युवा स्वरोजगार महिलाहरूको व्यवसायीक सफलताले मुलुकको समृद्धिमा अगाडि बढ्ने हुदा नगर सरकारले तानसेन कृषि र पशु उधमशिलतालाई प्राथमिकतामा राखेर।कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । 

पुर्व नगर उप प्रमुख लक्ष्मी पाठक,प्रवक्ता यादब सि कार्की,पत्रकार महांसघ अध्यक्ष रेखीराम राना,तानसेनका वडाका वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू लगाएतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम हेफर प्रोजेक्टका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डले तानसेन नगरमा सञ्चालन कृषि तथा पशु उधमशिलता कार्यक्रम २०७६ बाट हेफर ,तानसेन नगरपालिकाको साझेदारी र  रेडाले सहजीकरणमा कार्यक्रम शुरू गरेको बताउनुभयो । कृषि र पशुका क्षेत्रमा काम गरेको बताउदै हाल सम्म  २१ सय ४१ घरपरिवार लाभान्वित भएको बताउनुभयो । नेपालमै पहिलो पटक तानसेन नगरले  युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको छ जस्लाई तानसेन मोडेलको रूपमा लिइएको बताउनुभयो । जुन कार्यक्रमका लागि  नेपालका धेरै गाउँपालिका र नगर पालिकाले अवलोकन गर्न आउनुभएको छ  । कृषि तथा पशु उधमशिलताका कार्यक्रम नमुना रहेको छ । तानसेनका ११ सय युवा,युवा स्वरोजगार कार्यक्रममा समावेश भएका जस मध्ये  ४ सय ७२ जना युवा विदेशबाट फर्किएर व्यवसायमा लागेका छन । तानसेनमा पहिलो चरणको   कार्यक्रम   सम्पन्न गरेको छ । बजारीकरण गर्ने,कृषि,पशुपालन गर्ने कृषकको उत्पादनलाई व्यवस्थित गर्न तानसेन १० को तेल्घामा संकलन केन्द्र स्थापना ,३ वटा कृषि ढुवानी साधन वितरण,होलाङ्दी र प्रभासमा हाट बजार शुभारम्भ गरेको बताउनुभयो । हाल तानसेन नगरमा सञ्चालन कार्यक्रमबाट मिडिया कर्मीहरूको माध्यमबाट  दस्तावेजीकरण गर्ने गरि पुस्तकको अभिलेखिकरण गर्न पुस्तकको विमोचन गरिएको  बताउनुभयो ।  

ग्रामीण आर्थिक संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्की अध्यक्षत सम्पन्न भएको हो । कार्यक्रममा निदेर्शक कार्कीले परियोजनाले पशुमा लाग्ने रोगको निवाकरण,सामुहिक वजार अवधारणा,प्रशोधित बस्तुको उत्पादनलाई जोड दिएको बताउनुभयो । माटोमा अम्लियपन बढि हुदा उत्पादन कम भएकोले उर्वर शक्ति बढाउने पधतीका बारेमा सचेतना गराउने,  प्लान्ट क्लिनिकबाट रोगको निवाकरण गर्न कार्यक्रम सञ्चालन भएको छ सथै सचेतना मुलक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइएको बताउनुभयो ।  

तानसेन नगरपालिका,हेफर इन्टरनेशनल र रेडाको संयुक्त दस्तावेजीकरण पुस्तक"कर्म"विमोचन

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif