शुक्रबार, १७ असार, २०७९

तानसेनमा गठबन्धनले विजयी प्राप्त गरे पश्चात् विजय र्याली

सन्‍तोष गहतराज, बिहीबार, ५ जेष्ठ, २०७९

तानसेनमा गठबन्धनले विजयी प्राप्त गरे पश्चात्  विजय र्याली

पाल्पा- झण्डै २५ बर्षकाे अन्तरालमा गठबन्धनले तानसेन नगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई मेयर पदमा ८ सय ७९ मतले पछाडि पार्दै गठबन्धनका मेयर पदका उम्मेदवारले सन्ताेष लाल श्रेष्ठले आफ्नाे पक्षमा जित सुनिश्चित गर्न सफल हुनुभएको  छ । गठबन्धनले विजय प्राप्त गरे सँगै तानसेनका विभिन्न वडाहरूमा विजय र्याली गरेको छ । गठबन्धनले मेयर र उपमेयर पदमा विजय प्राप्त गरे पश्चात् पहिलो दिन तानसेन बजार परिक्रमा गरि विजय र्याली निकालेकाे थियाे । भने विहिबार तानसेन वडा न ७ र वडा न १३ छेर्लुङ्गमा विजय र्याली निकालेको हाे ।


र्याली पश्चात् कार्यक्रमलाई सम्बाेधन गर्दै तानसेन नगर प्रमुख सन्ताेष लाल श्रेष्ठले जन उपेक्षा अनुसार काम गर्ने बताउनुभयो । 


तानसेन नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी हुनु भएको छ ।उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी हुनुभएको छ  ।
नगरप्रमुखमा श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर विजयी हुनु भएको छ। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार धनेन्द्रराज घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गर्न ु भएको हाे । नगर प्रमुखमा पराजित घिमिरेले १० हजार ३ सय ९४ मत ल्याउनु भएको  छ ।


उपप्रमुखमा सिंजालीले ११ हजार १ सय ५१ मत ल्याउनु भएको  छ । गठबन्धनबाट नगर उपप्रमुखमा उम्मेदवार बन्नु भएकि सिंजालीले नेकपा एमालेकी उम्मेदवार शशी श्रेष्ठलाई १० हजार ३ सय ७२ मत ल्याउनु भएको  छ । तानसेन नगरपालिकामा गठबन्धनकातर्फबाट नगरप्रमुखमा कांग्रेसले श्रेष्ठलाई र उपप्रमुखमा माओवादी केन्द्रले सिंजालीलाई उम्मेदवार बनाएको हो ।


१४ वडा रहेको नगरपालिकामा १० वडामा कांग्रेसले वडाध्यक्षसहित सबै सदस्य जितेको छ भने ४ वडामा एमालेले वडाध्यक्षसहित सबै सदस्य जितेको छ । २०७४ सालको निर्वाचनमा तानसेन नगरमा एमालेले ८ वडाध्यक्षसहित प्रमुख र उपप्रमुख जितेको थियाे ।

तानसेनमा गठबन्धनले विजयी प्राप्त गरे पश्चात्  विजय र्याली

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif