भैरब खबर डटकम संवाददाता, बुधबार, २४ जेष्ठ, २०८०
बिष्णु खनाल
पाल्पा, जेठ १७
पाल्पा तानसेनमा जारी पाल्पा गाेल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा राेड्स रामपुर क्लब चितवनले न्यु युथ युनियन पाल्पालाइ ट्राइब्रेकरमा ४-२ ले पराजित गरेकाे छ । निर्धारीत ९० मिनेटको खेलमा दुबै टोलीबाट १-१ गोल भएपछि ७-७ मिनेट समय थपिएको थियो । थपेको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलीएको थियो । पहीलो हापको ४ मिनेटमै रोड्स रामपुर चितवनका बिक्की राइले गोल गरे । त्यस्तै ३६ औं मिनेटमा युथ युनियन तानसेनका मनिष तामाङले गोल गरि खेल बराबरीमा ल्याएका थिए ।
भाेलि बिहिबारकाे खेल स्वयम्भु काठमाडाै र बिष्णु पादुका पाेखराबीच हुनेछ ।