मंगलवार, १३ मंसिर, २०७९

द रिमिघा लेकसाईड युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुने

सन्‍तोष गहतराज, शनिबार, ८ आश्विन, २०७९

द रिमिघा लेकसाईड युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुने

पाल्पा- जिल्लाको रम्भा गाउँपालिका वडा न २ को द रिमिघा युवा क्लब बोरोङ्से पाल्पाको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्य लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित क्लबको १९ औँ वार्षिकोत्सबको अवसरमा रम्भा गाउँपालिका भित्रको पुरूष तथा पाल्पा जिल्ला भित्रको खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको हो  । प्रतियोगिता असोज २० गते देखि २४ गते सम्म वडा न २ को बोरोङ्सेको खेल मैदान हुने क्लबका अध्यक्ष चिरन फालले जानकारी दिनुभयो । 

प्रतियोगितामा पुरूष भलिबल तर्फ प्रथम हुने टिमले ३१ हजार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीयले २१ हजार,तृतीयले ११ हजार र सान्त्वनाले ५ हजार शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । भने महिला भलिबल तर्फ प्रथमले १६ हजार,द्वितीयले ११ हजार,तृतीयले ७ हजार र सान्त्वना हुनेले २ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

खेलमा दर्ता शुल्क पुरूष भलिबल तर्फ ३ हजार रहेको छ भने महिला भलिबल तर्फ १ हजार ५ सय रूपैयाँ रहेको छ । खेलमा उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत रूपमा उचित पुरस्कारले सम्मान गरिने क्लबका अध्यक्ष फालले जानकारी दिनुभयो । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif