बुधबार, १७ आश्विन, २०८०

दर्शकको उत्साहजनक सहभागीता सहित सकियो प्रथम सराई महोत्सव २०७९

सन्‍तोष गहतराज, शनिबार, ८ आश्विन, २०७९

दर्शकको उत्साहजनक सहभागीता सहित सकियो प्रथम सराई महोत्सव २०७९

पाल्पा-माथागढी गाउँपालिका स्थित सराई युवा क्लबले आयोजना गरेको प्रथम सराई महोत्सव समापन भएको छ । भाद्र २३ गते माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले उद्घाटन गरि शुभारम्भ गर्नुभएको मेला असोज ७ गते समापन भएको हो । मेलामा स्थानीय कृषि,साना घरेलु तथा कृटिर उधोगहरूको प्रदर्शनी,बाल उधान,स्थानीय मगरी खानेकुराको प्रदर्शनी सहित स्थानीय एवम राष्ट्रिय कलाकारहरूको बोजेड प्रस्तुति राखिएको थियो । 

१५ दिन सम्म सञ्चालन भएको मेलामा विभिन्न स्थानबाट दर्शकहरूको उत्साहजन सहभागीता रहेको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि क्लबका पुर्व अध्यक्ष खुम बहादुर गाहाले क्लबले सराई क्षेत्रमा पहिलो पटक ऐतिहासिक मेला आयोजना गरेको बताउनुभयो । मेलाले समग्र माडी क्षेत्रको कृषि,औधोगिक र पर्यटनको क्षेत्रमा नयाँ आयाम सिर्जना गरेको बताउनुभयो । जुन माडी क्षेत्रमा पनि मेला महोत्सव गर्न सम्भव छ भन्ने सन्देश सहित मेला भव्य रूपमा सम्पन्न भएको छ । आगामी दिनमा क्लबले यस्तै मेला महोत्सव आयोजना गरि कृषि,पर्यटन र औधोगिक क्षेत्रमा नयाँ आयाम सिर्जना गर्ने कार्यक्रमको साथसाथै सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन आफ्ना गतिविधिलाई सशक्त रूपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।  

कार्यक्रममा विशिष्ट अतिथि खेमान सिं राना,सास्कृतिक संयोजक राजन बराल,प्रभास चौकी प्रमुख भरत थापा,सिद्व बाबा एक्जिबेसनका व्यवस्थापक राज वीर जसवाल,पत्रकारको तर्फबाट भैरब खबर डट कमका सम्पादक सन्तोष गहतराज ,कार्यक्रम उद्घोषक दिपु मगर लगाएतले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा क्लब अध्यक्ष कृष्ण शारू मगरले महोत्सव दर्शकको उत्साजनक सहभागीता सहित सम्पन्न भएको बताउनुभयो । माथागढी सराई क्षेत्रमा क्लबले पहिलो पटक आयोजना गरेको मेलाले स्थानीय स्तरमा उत्पादित बस्तु एवम खानेकुराहरूको प्रदर्शनी गरिएको बताउनुभयो । १५ दिन सम्म स्थानीय एवम राष्ट्रिय कलाकारहरूको प्रस्तृतिकरण गरिएको मेलाले स्थानीय नागरिकहरूलाई रोजगारी प्रदान गरेको बताउनुभयो । नेपालीहरूको महान चाड दशै,तिहार र छठ पर्व नजिकिँदै गर्दा समग्र माथागढीका नागरिकले मेलामा रोजगारी प्राप्त गरेको र आर्थिक उपार्जन गर्न सफल भएको बताउनुभयो । 

क्लबले प्रतियोगितामा नृत्य प्रतियोगिता राखेको थियो । शुभारम्भको दिन देखि नै निकै प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भएको नृत्य प्रतियोगिता बेथल बोडिङ्ग स्कुल तानसेन पाल्पा प्रथम भएको छ । द्वितीयमा सिक्स स्टार भएका छन । तृतीयमा दिव्य ज्योती माध्यमिक विद्यालय र सनराइज बोडिङ्ग स्कुल भएका छन । जस्ले जनही ३० हजार,२० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन । 

मेलाको र्यालीमा सहभागी हुने महिला समूह,विधालय एवम संघ सस्थाहरू मध्येबाट माउन्ट भ्याली बोडिङ्ग स्कुल प्रथम,द्वितीयमा दिव्य ज्याती माध्यमिक विद्यालय,तृतीय बेलघारी आमा समूह र सान्त्वनामा नेवार गुठी भएका छन । जसले जनही १३ हजार ३ सय ३३,८ हजार ८ सय ८८,५ हजार ५ सय ५५ र सान्त्वनाले २ हजार प्राप्त गरेको क्बलकी सचिव माया बस्यालले जानकारी दिनुभयो । 

कार्यक्रम क्लबका अध्यक्ष कृष्ण शारू मगरको अध्यक्षता र सचिव माया बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

दर्शकको उत्साहजनक सहभागीता सहित सकियो प्रथम सराई महोत्सव २०७९

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg