सन्तोष गहतराज, शुक्रबार, १९ जेष्ठ, २०८०
पाल्पा-हामीले विद्यालयहरूमा नियमित पठ्न पाठन शुरू हुनु अघि विद्यार्थीहरू र शिक्षकहरूले उपस्थितिमा नियमित प्रार्थना गरेको देखेका छाै । प्रार्थनाका क्रममा विद्यार्थीहरूलाई पिटि समेत गराइन्छ । तर याे नाैलाे कुरा त हाेइन यसै क्रममा जिल्लाकाे रिब्दीकाेट गाउँपालिकाले भने पालिकाका विद्यालयहरूमा पिटि, राष्ट्रिय गानलाई व्यवस्थित गर्न नया प्रयास स्वरूप साँगितिक पिटिकाे अभ्यास शुरू गरेको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडाका विद्यालयका विद्यार्थीहरूलाई राष्ट्रिय गान र साँगितिक पिटिमा एकरूपता ल्याउनका लागि ३ दिने तालिम प्रदान गरेको छ । साँगितिक पिटिकाे माध्यमबाट विद्यालयमा विद्यार्थीहरूलाई अाकर्षित गर्न,शारीरिक रूपमा स्वास्थ्य बनाउने उधेश्यका साथ गाउँपालिकाले पालिका ८ वटै वडाका शिक्षक शिक्षिकाहरूलाई तीन दिने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएकाे छ । रिब्दीकाेट पालिकाका ३७ वटा सामुदायीक विद्यालय र १ वटा सस्थागत विद्यालय रहेका छन । पालिकाले सास्कृतिक पिटि र राष्ट्रिय गानमा एक रूपमा ल्याउन माध्यमिक विद्यालयबाट प्रति विद्यालय २ जना र आधारभुत तथा प्राथमिक विद्यालयबाट १ जना सहभागी गराई तालिम प्रदान गरेको हाे । विद्यालयहरूमा सास्कृतिक पिटिकाे माध्यमबाट विद्यालयमा विद्यार्थीहरूकाे नियमित उपस्थिति बनाउने,शिक्षक,अभिभावक र विद्यार्थीकाे समधुरतामा वृद्धि गरि गुणस्तरीय शैक्षिक उपलब्धिलाई सस्थातगत गर्न गाउँपालिकाले अभ्यास शुरू गरेको हाे ।
समापन कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले तालिममा सिकेका उपलब्धिलाई व्यवहारिकता प्रदान गरि शैक्षिक प्रणालीमा परिवर्तन हुने गरि अग्रसर हुन तालिममा सहभागीहरूलाई अार्गह गर्नु भएको छ । गाउँपालिकाले शिक्षा प्रणालीकाे सुधार गर्न प्रयाससरत रहेको बताउदै सबैकाे सल्लाहा र सुझावकाे प्रदान गर्न समेत अार्गह गर्नुभएको छ । तालिमले शिक्षक तथा शिक्षिकाहरूमा नयाँ उर्जा थपेकाे अनुभुती गर्दै समग्र विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि गर्न उक्त उर्जालाई शक्तिमा परिवर्तन गरि व्यवहारिक पक्षमा परिवर्तन गर्नका लागि सहभागी सुझाव दिनुभयाे । रिब्दीकाेट गाउँपालिकाले सैद्धान्तिक शिक्षा प्रणाली भन्दा पनि व्यवहारिक एवम प्रयाेगात्मक शिक्षा प्रणालीलाई प्राथमिकता दिएकाे अध्यक्ष कार्कीले बताउनुभयो ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सास्कृतिक पिटि शारीरिक स्वास्थ्यका लागि पनि महाेत्वपुर्ण हुने बताउनुभयो । तालिम पश्चात् हरेक दिन सिकेका कुराहरुलाई प्रार्थनामा प्रयोगगात्मक रुपमा सिकाउदा बिद्यालयको केही मुल्यांकन समेत प्रभाव हुने बताउनुभयो । ब्यायाम गर्दा हरेक अंगहरुको कसतर हुने हुँदा पिटि आवस्यक रहेको बताउदै अव भोलिका दिन देखिनै पिटि लागि प्राथमिकतामा राखेर सिकाउन आग्रह गर्नुभयाे । प्रमुख प्रशासकृय अधिकृत मदन अर्यालले तालिमले शारीरिक स्वास्थ्यका साथै शैक्षिक उपलब्धि हासिलमा टेवा पुग्ने बताउनुभयाे । पछिल्लो समयमा विद्यार्थी,शिक्षक,शिक्षिका,अभिभावकहरू सामाजिक सञ्जालकाे प्रयाेगले गर्दा अन्य शारीरिक कार्यमा कम क्रियाशिल रहेको परिस्थितिमा तालिमले विद्यालयमा प्रयाेगात्मक रूपमा लागु गरि विद्यार्थीकाे माध्यमबाट अभिभावकहरूकाे व्यवहारिकता समेत परिवर्तन गर्ने गरि पिटि एवम व्यायाम कार्यक्रमलाई अभियान रूपमा पालिकाले अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा रिब्दीकाेट गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि खनालले पालिका भित्र प्राथना,राष्ट्रिय गान र साँगितक पिटिमा एकरूपता ल्याउन तालिम सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाले विद्यार्थीहरू १० बजे नै विद्यालयमा उपस्थित हुने,नियमित हुने र यसले विद्यार्थीहरूकाे शैक्षिक,मानसिक,सामाजिक विकास साथसाथै गुणस्तरीय शिक्षा सहयोग गर्न,सकारात्मक उर्जा प्रदान गर्ने अपेक्षा सहित तालिम प्रदान गरिएको बताउनुभयो । प्रदेश खेलकुद परिषद् सदस्य हरि साेलीले विद्यालयकाे पहिलाे चरण नै प्राथना रहेकाे बताउदै विद्यार्थीलाई थप उत्साहित गराउनु तालिमकाे तात्पर्य रहेको बताउनुभयो । भगवती प्राविका शिक्षका सुशिलत गाेदारले अागामी दिनमा सास्कृति पिटिले थप विद्यार्थीहरूमा उप्रेरणा थप्ने विश्वास व्यक्त गर्नुभयाे । विगतमा देखि नै विद्यालयले प्रार्थनाकाे क्रममा पिटि गराइएता पनि तालिमले थप सास्कृतिक रूपमा आन्नदकाे अनुभुती हुने गरि सास्कृतिक पिटिलाई विद्यालयमा लागू गर्नका लागि उत्प्रेरित गरेकोले आगामी दिनमा विद्यालयका शिक्षक एवम विद्यार्थीलाई थप उत्साहित बनाउने बताउनुभयो ।