नन्दु यादव, बुधबार, ८ भाद्र, २०७९
नवलपरासी-पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न४गाेकुलनगरमा रहेकाे सहिद बिष्णु पाण्डे स्मृति अाधारभुत बिद्यालय लाई सुस्ता गाउपालिकामा नै नमुनाकाे रुपमा स्थापित गरिने लक्ष्य रहेकाे बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष मनाेज सैथवारले बताउनु भयाे ।
पत्रकार सग कुराकानी गर्दै आउदाे शैक्षिक सत्र देखि कक्षा ९सन्चालन गरि २बर्ष भित्रमा माध्यमिक तह सन्चालन गर्ने ,कक्षा ५सम्म अग्रेजि माध्यम लागू गर्ने , विद्यार्थी हरुलाई अनुसाशित बनाउने,दक्ष शिक्षककाे ब्यवस्थापन ,बिद्यालयमा शुध्द खानेपानीकाे ब्यवस्थापन गरिने अपुग भाैतिक सरचना ब्यवस्थापन गरिने लगायतकाे मेराे मुख्य याेजना रहेकाे वहाले बताउनु भयाे ।
म यस बिद्यालयलाई गाउपालिका भित्र नमुनाकाे रुपमा बनाउने अठाेट का साथ अाएकाे छु त्यसलाई जसरि पनि पूरा गर्ने मेराे लक्ष्य रहेकाे छ वहाले भन्नू भयाे ।सामुदायिक विद्यालयलाई अभिभावक तथा बालबालिकाको पहिलो रोजाइको विद्यालयको रूपमा विकास गर्न यश बिद्यालय लाई नमुना विद्यालय बनाउछु ।नमुना विद्यालय बनेपछि दुई वर्षभित्रमा यस क्षेत्रकाे उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा विकास गर्ने र यस विद्यालयले अपनाएका राम्रा पक्ष अन्य विद्यालयलाई पनि प्रयोगमा ल्याउन प्रेरणा दिने उद्देश्य साथ अगाडि बढेकाे छु अध्यक्ष सैथवारले भन्नू भाे ।बिद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्न सक्ने नमुना विद्यालयको रूपमा रूपान्तरण गर्ने हाम्रो योजना छ वहाले भन्नुभयो । विद्यालयकाे भौतिक संरचना वृद्धि, प्रयोगशाला निर्माण तथा शैक्षिक गुणस्तर बिकास गर्ने योजना छ।
हाल कक्षा ८सम्म सन्चालन रहेकाे यस बिद्यालयमा करिब ५००बिद्यार्थी रहेका छनभने ८जना शिक्षक रहेका छन ।नारायणी सग जाेडिएकाे याे बिद्यालय काे वातावरण निकै सफा र सुग्घर देखिन्छ ।