सन्तोष गहतराज, मंगलवार, ७ भाद्र, २०७९
पाल्पा- अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको मुल इकाई समितिकाे सम्मेलन तानसेनमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रकाे भातृ संगठनकाे रूपमा रहेकाे अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी मुल ईकाइ समितिकाे सम्मेलनकाे उद्घाटन लुम्बिनी प्रदेश सांसद एवम पाटीका पाल्पा जिल्ला इन्चार्ज वसन्त घर्तीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सांसद एवम नेकपा माओवादी केन्द्र पाल्पा जिल्ला इन्चार्ज घर्तीले विद्यार्थी परिवर्तनका संवाह रहेको बताउनुभयो । नेपालकाे राजनैतिक नेतृत्व कर्ताकाे राेल क्रम हेर्दा शुरूवात विद्यार्थी राजनीति नै मुल धार रहेको बताउनुभयो । विद्यार्थी राजनीति नै देशकाे राजनीति नेतृत्व तहमा पुर्याउने बलियाे माध्यम रहेकोले विद्यार्थीहरूले ईमान्दार, अनुसाशित भइ अध्ययनमा लाग्न आग्रह गर्नुभयाे । २०५५ सालमा पाल्पामा माओवादी पाटी जन्मिएकाे हाे । माओवादी पाटीलाई शक्तिशाली ईमानदार पाटीकाे रूपमा स्थापित गराई बेहिमान नगर्ने पाटीकाे रूपमा परिचित गराउन नेतृत्व तह अगाडि बढेको बताउनुभयो ।
झाेलाकाे किताब र कापिले मात्र परिवर्तन नहुने हुदा यस्ता सामाजिक, आर्थिक र राजनीति बिषयबस्तुलाई उठाउदै विद्यार्थी नेताहरू अगाडि बढ्न आग्रह गर्नुभएकाे छ । ठुलाे मान्छे नबनि असल मान्छे बन्न , मेहनत र लगनशील भइ शैक्षिक लक्ष्य प्राप्त गर्न विद्यार्थीहरूलाई आग्रह गर्नु भएको छ । कार्यक्रमका विशिष्ट अतिथि अखिल क्रान्तिकारीमका उपाध्यक्ष नारायण खनालले नेपाललाई संघीय लाेकतान्त्र गणतन्त्र राज्य व्यवस्थाका लागि अग्रज नेतृत्वकाे बलिदानले सम्भव रहेको बताउनुभयो । अखिल क्रान्तिकारी श्रमजीवी,कृषक एवम मजदुर नागरिक पाटी रहेकोले उक्त नागरिकहरूका छाेराछाेरी संगठित गरि नेतृत्व तहमा पुर्याउने कार्यमा संगठनले कदमी अगाडि बढाएकाे बताउनुभयो ।
अखिल क्रान्तिकारी किताबी शिक्षा भन्दा प्रयाेगात्मक एवम बैज्ञानिक ढंगकाे शिक्षा पद्वतिलाई अवलम्बन गर्ने संगठन रहेको बताउनुभयो । विकसित राष्ट्रहरूले बैज्ञानिक शिक्षा प्रणाली अवलम्बन गरि ठुला परिवर्तन गरि सक्दा नेपालले परम्परागत शिक्षा अात्मसाथ गरेको बताउनुभयो । साेहि अनुरूप अखिल क्रान्तिकारी समाजवादी शिक्षाकाे मुल उधेश्यलाई आत्मसाथ गरि शैक्षिक क्षेत्रमा अगाडि बढेको बताउनुभयो । राज्यले विद्यार्थीकाे क्षमता मुल्यांकन गरि शिक्षालाई अगाडि बढाउनुपर्ने संगठनकाे जाेडदार माग रहेको बताउनुभयो । कार्यक्रममा माअाेवादी केन्द्रका केन्द्रिय सदस्य एवम पाल्पा जिल्लाका सह इन्चार्ज अनिल किशाेर घिमिरेले नेपालकाे विद्यार्थी आन्दाेलमा अग्रपतिमा रहेर अगुवाइ गर्ने विद्यार्थी संगठन अखिल क्रान्तिकारी रहेको बताउनुभयो ।
नेपालकाे गणतन्त्र प्राप्ति गरि सामाजिक एवम आर्थिक परिवर्तन गर्न अखिल क्रान्तिकारीले महाेत्वपुर्ण भुमिका खेलेकाे छ । माओवादी केन्द्रकाे नेतृत्वले ल्याएकाे गणतन्त्र माथि सणयन्त्र गरि माअाेवादी अान्दाेलनलाई कमजाेर बनाउनका केही तत्वहरू लागि परेको छन । यस्का विरूद्वमा माअाेवादी केन्द्र शसक्त रूपमा अगाडी बढ्ने बताउनुभयो । नेपाल परम्परागत शिक्षा प्रणालीमा आधारित छ । शिक्षाकाे सस्थागत विकास गरि शिक्षा क्षेत्रमा देखा परेका विकृति र विसङ्ती हटाउनका लागि संगठनलाई बलियाे बनाउन अावश्यक रहेको बताउनुभयाे । कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले नेपालकाे राजनीति आन्दाेलनमा विद्यार्थी नेताहरूकाे ठुलाे याेगदान रहेको बताउनुभयो ।
नेपाललाई धर्म निपेक्षता,संघीयता प्राप्तिमा अखिल क्रान्तिकारीकाे भुमिका अनुकरणीय छ । देशमा राजनीति एवम सामाजिक उपलब्ध प्राप्त गर्न, देशमा रहेको वेतिथिलाई नियन्त्रण गर्नका लागि अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू गाेलबन्द हुन आग्रह गर्नुभयाे । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम पाल्पा जिल्ला कमिटी अध्यक्ष पदम साेमैले मुल एकाई कमिटी गठनलाई अगाडी बढाउने र थप नयाँ पिडिलाई नेतृत्व प्रदान गर्नका लागि कार्यक्रम आयाेजना गरिएकाे बताउनुभयो । विद्यालय एवम क्याम्पसमा देखा परेका समस्या बारम्बर उठ्उदै आएकाे संगठनले २ बर्ष कार्यकाल रहने गरि नेतृत्व चयन गरिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र पाल्पाका सहसंयाेजक राजेन्द्र विक,केन्द्रीय सचिवालय सदस्य शिक्षा पाण्डे,अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवम अर्घाखाँची जिल्लाका जिल्ला ईन्चार्जले लगाएतले मन्तव्य राख्नु भएको थियाे । अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पसकाे ईकाइ कमिटी गठन भएको छ । जस्काे अध्यक्ष भिम बहादुर लुंगेली,उपाध्यक्षमा अस्मिता पाण्डे, दिलिप घर्ती मगर ,बर्षा गन्धर्ब ,असीम सिंजाली ,सुजाता खराल ,माधव बराल,सचिव राजन क्षेत्री, सहसचिवमा गंगा बारघरे , मोनिका दर्लामी, बिपिन पंगेनी, शुशिला बगाले र काेषाध्यक्ष विनिता पाडे मगर सहित ९९ सदस्यीय मुल इकाई समिति गठन भएको अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पसका निवर्तमान ईकाइ अध्यक्ष तारा बहादुर रायमाझीले जानकारी दिनुभयाे ।