मंगलवार, १४ चैत्र, २०७९

एमाले सरकारको पालामा पाल्पामा सबैभन्दा बढी विकासको काम भएको छ: आचार्य

भैरब खबर डटकम संवाददाता, मंगलवार, २२ कार्तिक, २०७९

एमाले सरकारको पालामा पाल्पामा सबैभन्दा बढी विकासको काम भएको छ: आचार्य

पाल्पा- पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य नेपालमा सबैभन्दा राम्रो काम केपी सरकारको पालामा भएकोले सम्पूर्ण जनता लाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभएको छ ।  एमाले उम्मेदवार आचार्य निस्दीको वडा नंं २ सहलकोट, वडा नंं ३ झिरवास र तिनाउँ  गाउँपालिका वडा नंं ५ कोल्डाडा क्षेत्रमा  घरदैलो गर्दै केपी ओली सरकारको पालामा  पुल, सडक, विधालय भवन, सास्कृतिक डवली, गाउँ गाउँमा रोजगारीका अभियानहरु संचालन भएकोलेमा प्रचण्ड, माधव नेपालहरु आत्तिएर सरकार ढलाएकोले अव जनताले सूर्य मत हालि पुन एमाले सरकार बनाउनु पर्नेमा उम्मेदवार आचार्यले जोड दिनुभयो । पाल्पा क्षेत्र नंं १ २ का प्रदेश सभा सदस्य एमाले उम्मेदवार  खेम बहादुर सारुले  पुर्वखोला वडा नंं ६ हेक्लाङ र तिनाउँ ५ कोल्डाडाका जनता संग  घरदैलो कार्यक्रममा केरावारी पाताल मराङकोट सडक स्तरउन्नती गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्कीपुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताउनु भयो । क्षेत्र नंं १ १ का प्रदेश सभा सदस्य एमाले उम्मेदवार राजु प्रसाद श्रेष्ठले निस्दीको वडा नंं २ सहलकोट र वडा नंं ३ झिरवासमा घरदैलो गर्दै एमाले सरकारले ल्याएको एक घर एक धारा, स्थानीय सडकको स्तरउन्नती, काउले डाडामा थप पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताउनु भएको छ ।

पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य ओम बहादुर घर्तीमगर तिनाउँ गाउँपालिका वडा नंं १ झिंगामारा, ठुली उदान, कचल र ओखलढुङ्गा क्षेत्रमा घरदैलो गरी त्यस क्षेत्रका समस्याहरु समाधानमा पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । झिंगामारा, रानीबगीया, ठुलिउदान, हुदै जुठापौवा चहला जोड्ने सडकको स्तरउन्नती, मिmंगामारा, कचलबुढीकोट, ओखलढुङ्गा मोटरबाटो र दोभान कचल बल्ढेङ्गढी सडक, छहरा, फेक, बुढीकोट, कचल, झिंगामारा रानीबगीया सडक स्तरउन्नतीको केन्द्रिय स्तरबाटै पहल गर्ने एमाले उम्मेदवार गैरेले बताए । कचल क्षेत्रको समग्रखानेपानी, विधुत, मोटरबाटो स्तरउन्नतीमा पहल गर्ने  क्षेत्र नंं २ २ का प्रदेश सभा सदस्य ओम बहादुर घर्तीमगरले बताउनु भयो ।

पाल्पा क्षेत्र नंं २ १ का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नं ६ को यम्घाको मन्द्रान, लाम्दी, शिखरडाडा क्षेत्रमा घरदैलो गर्नुभएको छ । मद्रान क्षेत्रका जनताले सिंचाई तथा दिर्घकालीन रुपमा खानेपानीको  समस्या समाधान गर्नुपर्ने, मोटरबाटो स्तरउन्नती गर्नुपर्ने र कालीगण्डकी करिडोर चाडो पिचको काम गर्नुपर्ने माग राखेकोमा एमाले उम्मेदवार भट्टराईले आफु प्रदेशसभा निर्वाीचत भएपछी पहल गर्ने बताउनु भयो । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif