मंगलवार, १४ चैत्र, २०७९

कामनगरी र झुटा प्रचार गर्नेबाट सचेत बनौंः गैरे

भैरब खबर डटकम संवाददाता, बुधबार, ३० कार्तिक, २०७९

कामनगरी र झुटा प्रचार गर्नेबाट सचेत बनौंः गैरे

पाल्पा -नेकपा एमाले पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले काम नगरी झुटा प्रचार प्रसार गर्ने व्यक्ति बाट सचेत बन्न मतदाता संग अनुरोध गर्नुभएको छ । 

मंगलवार बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडा र वडा नं. ६ यम्घाका बिभिन्न टोलहरुमा घरदैलो गर्दै एमाले उम्मेदवार गैरेले निर्वाचन जितेपछी काठमाडौमा बस्ने, चुनाव आएपछी गाउँमा आउने र सबै कुरा मैले मात्र गरेको हो भनी झुटो प्रचार गी जनता लाई झुक्काउने उम्मेदवार बाट सचेत हुन मतदाता संग अनुरोध गनुभयो । 

पाल्पाली जनताले चार चार पटक पटक सांसदमा जिताए पनि, जनताको चाहाना, आवश्यकता अनुसार काम नगरेकोले अहिले जनताले गाउँ गाउँमा  एमालेको उम्मेदवा लाई सूर्यमा मतदान गर्न आतुर देखिएको गैरेले बताउनु भयो ।  
उम्मेदवार गैरेले आफुले ३२ बर्ष सम्म पाटीको राजनिति मात्र गरेको र पहिलो पटक संसदीय निर्वाचनमा जनताको माग अनुसार उम्मेदवार भएकोले  सेवागर्ने मौकादिन बगनासकालीबासी संग अनुरोध गर्नुभयो ।  उम्मेदवार गैरेले  बगनासकालीगाउँपालिकाभित्रका सबै वडा र टोलहरुका समस्याहरुलाई टिपोट गरेको र आगामी ५ वर्षभित्रक्रमशःजनताकाआवश्यकताहरुलाई पूरा गर्दै जाने बताउनुभयो । 

यहाँको शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनको क्षेत्रमाअझ धेरै कामगर्न बाँकी रहेको र ग्रामीण क्षेत्रलाई उत्पादनमुलकबनाउँदै बढ्दो बसाइसराई न्युनीकरणको लागिआफूले ठोस पहलगर्ने  उम्मेदवार गैरेले बताउनुभयो । 

यस्तै नेकपा एमाले पाल्पा क्षेत्र नं २ ( १ )का  प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू निर्वाचित भएपछि जनताको मर्म र भावना अनुसार काम गर्ने  बताउनुभएको छ  । बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडा र वडा नं. ६ यम्घाका मतदाताहरुसँगको भेटघाट तथा घरदैलोको क्रममा उम्मेदवार भट्टराईले आफ्नो जीवनको उर्जाशिल समय नै सामाजिक राजनीतिक क्षेत्रमा बिताएको उल्लेख गर्दै आफु सेवक बनेर काम गर्ने बताउनुभयो । 

निर्वाचित भए पछि आफ्नो निर्वाचन क्षेत्र सहित समग्र पाल्पाको गरिमालाई अझै उचों बनाउने गरी काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । यहाँको खानेपानी समस्यालाई दीगो रुपमा समाधानगर्ने र उपभोक्ताको धारामा दैनिक खानेपानी उपलब्ध हुने र पानी लिनकै  लागिखोला  खोला पधेरामा जाने समस्याको समाधानमा आफ्नो पहिलो प्राथमिकता रहने एमाले उम्मेदवार  भट्टराईले  बताउनु भयो । यस्तैगरी नेकपा एमाले पाल्पा क्षेत्र नंं. २ प्रदेश २ का नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्तीमगरले रैनादेवी छहरा गाँउपालिकाको जुठापौवा र बल्ढेंङगढी क्षेत्रको विकासमा आफ्नो पहल रहने  बताउनुभएको छ ।

उम्मेदवार घर्तिले  जुठापौवा र बल्ढेंङगढी क्षेत्रको सडक पूर्वाधार कमजोर  हुदाँ जनताले धेरै सास्ती   खेप्नुपरेको बताउदै आफु यो विषयमा चिन्तित भएको बताउनुभयो ।  उम्मेदवार घर्तिले  आफु निर्वाचन भपछि पहिलो प्राथमिकता सडकको स्तरउन्नति रहने बताउनुभयो । उम्मेदवार घर्तिले  कृषि, पशुपालन र युवा स्रोजगारका क्षेत्रका आवश्यक परियोजना सञ्चालन गर्ने बताउनुभयो । उम्मेदवार घर्तीमगरले बिजुली बत्ति र सञ्चार क्षेत्रको विकासका लागि जनतासंगै रहेर पहल गर्ने बताउनुभयो । यस क्षेत्रको विकासका लागि आफ्नो अनुभव र योजना विशेषखालको रहेकोले कार्यान्वयनका लागि सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई विजयी गराइ काम गर्ने अवसर दिन मतदाता संग आग्रह गर्नुभयो । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif