शनिबार, ११ मंसिर, २०७८

advertisement_1619539395.gif

आज विजयादशमी : मान्यजनको हातबाट टीकाग्रहण गरिँदै

भैरब खबर डटकम, शुक्रबार, २९ आश्विन, २०७८

आज विजयादशमी : मान्यजनको हातबाट टीकाग्रहण गरिँदै

आज बडादशैँको दशौँ दिन अर्थात् विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ । आज आश्विन शुक्ल दशमी यो पर्वकै विशेष महत्वको दिन पनि हो । आज घरका मान्यजन, आफूभन्दा ठूलाबडाको हातबाट टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन छ । 

गत असोज २१ गते घरघरमा घट (कलश)को स्थापना गरी पूजाकोठामा जमरा राखी सुरु भएको बडादशैँको विशेष दिन आज हो । आज शुक्रबार विजयादशमीका दिन दुर्गा विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज १० बजेर ०२ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। 

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आशीर्वाद लिने गरिन्छ । दशैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दशैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।यसक्रममा नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित आजको दिन प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिने चलन छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ । आफ्नो घरमा टीका लगाइसकेपछि नेपाली समाजमा मामाघर, ससुरालीलगायत आफन्तजनकहाँ टीकाग्रहण गर्न पुग्ने चलन रहँदै आएको छ । 

आजबाटै सडकमा समेत अघिल्लादिनहरुमा ठप्पप्रायः रहेका यातायातका साधनहरु समेत चल्ने गर्छन् । बजारमा पनि चहलपहल बढ्ने गर्छ । यही ७ गते पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif