शनिबार, ११ मंसिर, २०७८

advertisement_1619539395.gif

लोहरौलीमा नि:शुल्क आँखा शिविर सम्पन्न; ६ सय ७० जनाले लिए सेवा

ज्ञानेश्वर साहनी, शुक्रबार, १ आश्विन, २०७८

लोहरौलीमा नि:शुल्क आँखा शिविर सम्पन्न; ६ सय ७० जनाले लिए सेवा

नवलपरासी/ पश्चिम नवलपरासीको पाल्हिनदन गाउँपालिका वार्ड नं ४ लोहरौली स्थित श्री शिव पार्वती सिद्धधाम मन्दिरमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले श्री शिव पार्वती सिद्धधाम मन्दिर पाल्हिनन्दन-४ को स्थानीय आयोजना तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरमा ६ सय ७० जनाले सेवा लिएको हो। डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीको आयोजना तथा डाक फाउण्डेशन पार्टनर फार एक्विटीको आर्थिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।

स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ,६ सय ७० जनाले निःशुल्क उपचार सेवा लिए स्थानीय आयोजक संस्थाका सचिव राजेशमणि पटेलले भने, ‘उपचार सेवा लिने महिला पुरुष गरी ६ सय ७० जना हो आगामी दिनमा थप सेवा दिने संस्था तयार रहेकाे बताए।’ शिविरमा उपचार गराएका मध्ये २७० जनालाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासी लगिने छ ।

कार्यक्रम स्थानीय आयोजक श्री शिव पार्वती सिद्धधाम मन्दिर संरक्षण संस्थाका अध्यक्ष रामनरेश पटेलको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ नवलपरासीको उपाध्यक्ष हरीप्रसाद उपाध्ययको प्रमुख अतिथिकतमा सम्पन भएको हो। कार्यक्रममा डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीका डाक्टर रमेश राज विष्टको विशिष्ट अतिथिकता, आँखा शिविर टोली प्रमूख नेत्र मगर, पत्रकार ज्ञानेश्वर साहनी, विष्णुपुरा प्रहरि चौकीको हवलदार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif