भैरब खबर डटकम संवाददाता, शुक्रबार, २३ बैशाख, २०७९
रामजी प्रजापती- पश्चिम नवलपरासीको रामग्राम ४ मा कुनै पनि पार्टीले यस्तो -यालि गरेको थिएन तर आज पहिलो चोटि जसपाको पार्टीले बृहत रुपमा प्रचारप्रसार कार्यक्रम अगाडी बढाएको छ। बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा जसपा पार्टीले प्रचारप्रसार कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको हो।
त्यस्तै पश्चिम नवलपरासीको रामग्राम ४ का वडा अध्यक्ष पदका उम्मेदवार मदन यादव पनि यतिबेला घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन । रामग्राम ४ मा छुट्टै छाप र प्रभाव पार्न सफल समाजसेवी र पालिकाको लागि पहिले देखि सामाजिक कार्य गर्दै आएको र अहिलेपनि गर्छु भनेर बाचाका साथ उम्मेदवार दिइएको सामाजिक कार्यमा तथा पार्टीका सक्रिय चर्चामा रहेका उम्मेदवार हुन । सबैको चर्चामा र भरोसामा रहेका यादवले घर घरमा पुगेर वडा अध्यक्ष भएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन । वडावासिले पनि यादवलाई साथ रहेको बताउदै आएका छन ।
यादवले चुनाव चिन्ह छातामा मतदान गरी आफु लगाएतको सबै टिमलाई विजयी बनाउन आग्रह गर्दै गर्दा मतदाता उत्साहित छन । रामग्राम ४ को वडा अध्यक्षमा मदन यादवको जित निश्चित रहेको वडाबासिको भनाई छ । रामग्राम ४ मा समाजसेवी युवा नेता यादवले जसपाबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन ।
पार्टि र जनताको विश्वासलाई आत्मसाथ गर्दै आफु लागेको बताउदै त्यो विश्वासलाई चुक्न नदिने र जितमा परीणत गर्ने यादवको भनाई रहेको छ ।